
काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेको पक्राउ प्रकरणमा भएका कमजोरी सुधार गर्न सकिने तर गृहमन्त्री भइसकेको व्यक्तिलाई प्रहरीले कसरी पक्रा गर्छ भन्ने विषय जानकारी भएकाले अन्यथा लिन नहुने बताएका छन् ।
अदालतको आदेशलगत्तै घरमै पुगेर पक्राउ पूर्जी बनाएको भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको बेला पूर्वमन्त्रीसमेत रहेका पोखरेलले लामिछाने गृहमन्त्री भइसकेकाले यस्ता विषमा जानकार रहेको जनाएका छन् ।
‘प्रहरीको पूर्जी काट्ने रीति र थिति रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने हेक्का रास्वपाका नेताहरुलाई थाहु नहुने कुरै भएन । तर पनि सुधारको खोजि यस्तै वेलामा हुने त हो नि ।’ उनले सामाजिक सन्जालमा आफ्नो धारणा लेखेका छन्