Skip

Hamro Sanchar

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २१ गते


बैङ्कक। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।

यसअघि उनीहरु बिहीबार साझ बैंककमै बिम्सटेक आयोजक राष्ट्र थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगै देखिएका थिए ।

ओली र मोदीबीच यसअघि अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघ महासभा क्रममा साइडलाइन भेट भएको थियो । उनीहरुबीच दुईपक्षीय महत्वका थुप्रै विषयमा संवाद चले पनि योजनाबद्ध छुट्टै वार्ता भने हुन पाएको छैन ।

प्रधानमन्त्री कार्यालयका अनुसार दुई नेताहरुबीच सौहार्द कुराकानी चलिरहेको छ । दुवै पक्षका परराष्ट्रमन्त्री आरजु राणा तथा एस जयशंकरसहितको टोली वार्तामा सहभागी छ ।


प्रतिकृया दिनुहोस्