Skip

Hamro Sanchar

पत्रकार सुरेशको शरीरमा गोली नलागेको पोस्टमार्टम रिपोर्ट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १९ गते


काठमाडौं । चैत १५ गते तीनकुनेमा जलेको अवस्था मृत भेटिएका २९ पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोटमा गोली उनलाई नलागेको खुलेको चिकित्सकले बताएका छन् ।

“शरीर जलेर, फोक्सोमा धुवाँको मुस्लो छिरेको पाइयो । शरीरमा कुनै गोली लागेको छैन । अगाडि मारेर पछि आगो लागेको देखिएन । आगोले जलेरै उनको मृत्यु भएको खुल्यो,” अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा। गोपाल चौधरीले भने ।

आगलागीमा परेर मृत्यु भएका रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए ।


प्रतिकृया दिनुहोस्