Hamro Sanchar

तीनकुने घटना  :  थप १८ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १८ गते


काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेको छ ।

सो घटनामा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ । यसअघि सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा विष्णुजंग बस्नेत र सितादेवी राई रहेका छन् । सोमबार प्रहरीले विष्णुजंग बस्नेत, सितादेवी राई, देवी संग्रौलालाई पक्राउ गरेको थियो ।

मंगलबार पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू राजावादी समूहको आन्दोलनका कमान्डर दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ ।

यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।


प्रतिकृया दिनुहोस्