Hamro Sanchar

राष्ट्रपति पौडेलले गरे संसद्‌को अधिवेशन अन्त्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १८ गते


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन अन्त्य गरेका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार आज मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो।


प्रतिकृया दिनुहोस्