
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदैछन् । दिउँसो साढे १२ बजे उनी थाइल्याण्ड प्रस्थान गर्नेछन् ।
बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लागेका हुन् । बिमस्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो साढे १२ बजे थाइल्याण्डका लागि प्रस्थान गर्नेछ।
नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो । थाइल्याण्ड भ्रमणका क्रममा दुघवटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।प्रधानमन्त्री चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यस्तो छ भ्रमण सूची
प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण चैत २० गते सुरु हुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
द्विपक्षीय वार्तापछि थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रासँग प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन्। अनि थाइल्यान्डका नरेशसँग भेट गर्नेछन्।
चैत २१ गते बिहान प्रधानमन्त्री ओलीले त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नेछन् भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
त्यही साँझ प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनका नेताहरूका लागि आयोनजना गरिने रात्रिभोजमा सहभागी हुनेछन्।
चैत २२ गते प्रधानमन्त्रीले बिमेस्टक शिखर सम्मेलनमा सम्बोधन गर्नेछन्।
सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेसन एग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा प्रधानन्त्री ओली सहभागी हुनेछन्। यसपछि सोही दिन साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा सहभागी हुनेछन्।
प्रधानमन्त्री नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछ ।

















