Skip

Hamro Sanchar

पार्टी बैठकमा रविले भने : गणतन्त्रवादीको कित्तामा उभिएर रास्वपाले फोटो खिचाउँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १७ गते


द ख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गणतन्त्रवादी दलहरूसँग फोटो खिचाउने पक्षमा आफ्नो दल नरहेको बताएका छन्

पार्टी केन्द्रीय समितिको बैठक अघि केन्द्रीय कार्यालय वनस्थलीमा बोल्ने क्रममा सभापति लामिछानेले गणतन्त्रवादी भन्ने दलहरूले गणतन्त्रको खोल मात्रै ओढेको आरोप लगाए।

‘जहाँ तपाईं उभिरहनु भएको छ । त्यो गणतन्त्र नभएर लुटतन्त्रको खोल ओडिरहनुभएको छ । रास्वपाले खोल ओड्दैन,’ लामिछानेले भने, ‘तपाईंको कर्तुत लुकाउन लागि तपाईंको कित्तामा उभिएर फोटो खिचाउने रहर रास्वपालाई छैन ।’

वर्तमान सरकारप्रति आक्रोशित सुनिएका लामिछानेले नेपाली कांग्रेस र नेकपा एमाले प्रति लक्षित गर्र्दै भने ‘दुईटा चोर मिलेर साधु हुँदैन ।


प्रतिकृया दिनुहोस्