Skip

Hamro Sanchar

गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई तुलना गर्दै शंकर पोखरेल लेख्छन् : असलियत उदांगिएको छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १५ गते


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजवादी मोर्चा र राजावादीको प्रदर्शनको तुलना गर्दै राजावादीको असलियत उदांगिएको जिकिर गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्- हिजो एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरूको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरूको कार्यक्रम हिंसात्मक, प्रतिरोधात्मक, अराजक रह्यो ।

व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरू आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नु पर्नेमा त्यसमा राजावादीहरू पूर्णतः असफल भएको पोखरेलले बताए । उनीहरूका क्रियाकलापले राजतन्त्रको निरङ्कुशता र दमन बेहोर्न नपरेको नयाँ पुस्तालाई त्यस बारेमा थोरै भए पनि बुझ्ने मौका मिलेको उनको भनाइ छ ।

आन्दोलनका नाममा नियोजित रूपमा परिचालित आपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटबाट पीडित भएकाहरूलाई राज्यका तर्फबाट यथोचित सम्बोधन आवश्यक रहेको उनले बताए ।

 

 

 

 

https://www.facebook.com/share/159DNSp386/


प्रतिकृया दिनुहोस्