Skip

Hamro Sanchar

आज काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १४ गते


काठमाडौं । आज राजधानी काठमाडौंका विभिन्न स्थानमा गणतन्त्रवादी दल र राजावादी समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ ।

राजावादीहरुले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नेछन्, भने गणतन्त्रवादीहरु विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा भेला गर्नेछन् ।

समाजवादी मोर्चामा रहेका दलहरुले गणतन्त्रको पक्ष र दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्रको पक्षमा प्रदर्शन हुने भएको हो ।

प्रदर्शनमा अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको बताएको छ ।

अहिले एसईई र अन्य वार्षिक परीक्षा पनि चालिरहेकाले त्यसलाई समेत मध्यनजर गरिएको बताइएको छ ।

कतिपय विद्यालयमा भने एसईई बाहेकका अन्य वार्षिक परीक्षा आजका लागि स्थगित गरिएका छन्


प्रतिकृया दिनुहोस्