Skip

Hamro Sanchar

माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १३ गते


काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार जुलियन कृपा ब्लिस (हिन्दु नाम जयानन्द कृपा) पक्राउ परेका हुन्

एसपी बोहोराका अनुसार उनी अमेरिकी नागरिक हुन् । उनी वर्ल्ड गार्डियन्स अर्गनाइजेसनले आयोजना गरेको कार्यक्रममा गएका थिए ।

उनको नेतृत्वमा ८–१० जना जम्मा भई ‘शुद्ध शाहाकारी भोजन खानुहोस्, प्लास्टिक जलाउने फ्याँक्ने कार्य अपराध हो त्यसैले प्लाष्टिकलाई सधैँ अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस,’ जस्ता नारासहित प्रदर्शन भएको थियो ।


प्रतिकृया दिनुहोस्