Skip

Hamro Sanchar

दाङको एक प्लाई उद्योगमा ५ घण्टादेखि आगलागी : बस्ती जाेखिममा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १० गते


दाङ । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ।

गएराति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन्।

आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए। आगो निभाउन बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको छ। आगलागीको कारण खुल्न सकेको छैन ।


प्रतिकृया दिनुहोस्