Skip

Hamro Sanchar

महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीले जित्यो सभापति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ६ गते


विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति अखिल क्रान्तिकारीले जितेको छ ।

क्रान्तिकारीका उम्मेदवार रोहित यादव विजयी भएका छन् । उनले १११८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका प्रज्वलजंग विष्टले १०७५ मत पाए । तेस्रो भएका अखिलका अनिश बोगटीले जम्मा २३२ मत पाएका छन् ।

सचिवमा भने नेविसंघकी सुदीक्षा थापा मगर ७४१ मतसहित विजयी भएकी छन् । कोषाध्यक्षमा पनि नेविसंघकै रोशनकुमार पासवानले ६६ मतान्तरले विजयी भए । पासवानले ८९३ मत पाउँदा अखिल क्रान्तिकारीका राजिव यादवले ८२७ मत पाए । अखिलका मन्दिप पोखरेलले ५८१ मत पाए ।

मंगलबार भएको निर्वाचनमा ५९८४ मतदातामध्ये २६३१ मत खसेको थियो । महेन्द्र मोरङसँगै अखिल क्रान्तिकारीले विराटनगरमै तीनवटा आंगिक क्याम्पसको स्वविय सभापति जितेको छ ।

डिग्री क्याम्पस विराटनगरमा प्रितम साह र विराटनगर नर्सिङ क्याम्पसमा रोहित ताजपुरिया विजयी थिए ।


प्रतिकृया दिनुहोस्