
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए।
उपचारपछि शाह आज बिहान डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।
शाहलाई एक सातापछि फलोअपमा बोलाइएको ती चिकित्सकले बताए ।
चिकित्सकका अनुसार शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो । उनको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो ।