
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घर पुगेका छन् ।
जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहितका नेताहरू बिहीबार मेयर बालेनको घर पुगेका हुन् । बालेनको घरमा पालिका कार्यालय रहेको छ ।
सोही कार्यालयमा माओवादीले कार्यक्रम समेत राखेपछि प्रचण्डसहितका नेताहरू त्यहाँ पुगेका हुन् । उनीहरू पुग्दा मटिहानी नगरपालिकाले माओवादी नेताहरूलाई स्वागत गरेका थिए ।
त्यसक्रममा क्रममा अध्यक्ष प्रचण्डले लक्ष्मीनारायण मन्दिर अवलोकन गर्नुका साथै आरतीमा समेत सहभागी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।