Hamro Sanchar

रिंकुकुमारीको बलात्कार घटनाका ‘मुख्य’ आरोपित पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २१ गते


काठमाडौं । सिरहाकी रिंकुकुमारी सदाको बलात्कारपछि फरार ‘मुख्य’ आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रूपेश मण्डल छन् । उजुरीपछि भागेका रूपेशलाई गए राति पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गएको माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केका बेला नवराजपुर गाउँपालिका–१, भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारीको सामूहिक बलात्कार भएको थियो ।

त्यसबारे प्रहरीमा जाहेरी दिनुको साटो माघ २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना सामसुम पार्ने प्रयास गरिएको थियो ।

माघ ३० गते साँझ रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

उक्त घटना सार्वजनिक भएपछि मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो । त्यसपछि पीडित परिवारले रूपेशसहित आठजनाविरुद्ध पूरक जाहेरी दर्ता गराएका थिए ।

कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार शीर्षकमा पूरक जाहेरी दर्तासँगै अनुसन्धान अघि बढाइएको थियो ।


प्रतिकृया दिनुहोस्