Skip

Hamro Sanchar

नेपालमा भ्रष्टाचार झनै बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २९ गते


काठमाडौं । नेपालमा भ्रष्टाचार हुने दर बढ्दै गएको पाइएको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाकांक-२०२४ मा नेपाल गत वर्षको भन्दा एक अंक खस्किएको हो।

भ्रष्टाचार अवधारणा सूचकाङ्‌क-२०२४ मा नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ। नेपालले गत वर्ष ३५ अंक पाएको थियो।

यस नतिजाले भ्रष्टाचारविरुद्व प्रभावकारी रुपले काम-कारबाहीअगाडि बढाउन अत्यन्त जरुरी रहेको ट्रान्सपरेन्सीले उल्लेख गरेको छ।

दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ७२, भारतले ३८, मालदिभ्सले ३८,श्रीलङ्काले ३२, पाकिस्तानले २७, बङ्गलादेशले २३ र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन्। छिमेकी मुलुक चीनले ४३ अङ्क प्राप्त गरेको छ ।


प्रतिकृया दिनुहोस्