काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्। धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । आफ्ना लागि आजको दिन एकदमै खुसीको दिन रहेको उनले बताएकी छन् । १६५ स्थानका लागि आज देशैभर चुनाव भइरहेको छ । समानुपातिक तर्फका ११० सिटका लागि पनि मतदाताहरु आफ्नो मत हालिरहेका छन्...
काठमाडौं । उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीको गोलीले क्षति पुगेको मतपेटिका परिवर्तनपछि पुनः मतदान सुरु भएको छ। बिहान ७:१३ बजे कटारी नगरपालिका ३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको ख मतदान केन्द्रमा असावधानीका कारण प्रहरीकै गोलीले मतपेटिकामा लागेको थियो। सर्टगन पड्किएर मतपेटिका क्षति पुगेपछि रोकिएको मतदान मतपेटिका परिवर्तन गरेर पुनः...
म्याग्दी । म्याग्दीमा १०१ वर्षीय रि बहादुर छन्त्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार (फागुन २१)उनले मतदान गरेका हुन् । मालिका गाउँपालिका–८, छन्त्यालले रितुङ माविस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । म्याग्दीमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान कार्य सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।...