Skip

Hamro Sanchar

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै : संविधान संशोधनबारे छलफल हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २१ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा जारी बैठकमा आज संविधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ ।

बैठकमा जलेश्वरको बैठक र राष्ट्रिय भेलामा प्रस्तुत सभापतिको राजनैतिक प्रतिवेदनहरुका आधारमा गर्नुपर्ने पार्टीको आगामी कार्यदिशा र कार्यक्रमबारे पनि छलफल हुने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय समिति, सल्लाहकार परिषद्, केन्द्रीय विभागलगायत पुनर्संरचना, पार्टीको बैठक संचालन कार्यविधि संशोधन र आचारसंहिताको विषयमा पनि छलफल हुनेछ ।बैठक आजै समापन गरिने रास्वपाले जनाएको छ ।

बैठकको पहिलो दिन शनिबार समसामयिक राजनीतिक छलफलका साथै नेताहरुले रिपोर्टिङ गरेका थिए । स्थानीय तह उपनिर्वाचन र संगठनको समीक्षा र प्रदेश समन्वय संयन्त्रसम्बन्धी छलफल पनि भएको थियो ।


प्रतिकृया दिनुहोस्