Skip

Hamro Sanchar

पार्टीमा भित्राउन एकीकृत समाजवादीका नेताहरु बामदेव गौतमसँग छलफलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १७ गते


काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरु बामदेव गौतमसहित छलफलमा जुटेका छन् ।

गौतमलाई पार्टीमा भित्राउने तयारी अन्तर्गत यो छलफल भइरहेको स्रोतले बतायो ।

छलफल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

एकीकृत समाजवादीका नेताहरु गौतमलाई तेस्रो वरियता दिन सहमत छन् ।

तर गौतमसँगै एकीकृत समाजवादीमा आउने अन्य नेताहरुको विषयमा भने सहमति जुटिसकेको छैन । आजको छलफल सोही विषयमा केन्द्रित रहेको स्रोतले बतायो ।

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भूषाल, प्रकाश ज्वाला लगायतका नेताहरु सहभागी छन्


प्रतिकृया दिनुहोस्