Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमालेबाट निकालिएपछि नयाँ पार्टी खोल्ने हल्लाका बिच  पत्रकार सम्मेलन गर्दै भीम रावल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १७ गते


Advertisement

काठमाडौँ । एमालेबाट निष्कासनमा परेका डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए ।

एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । ‘बुधवार पत्रकार सम्मेलन गर्ने  तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’, दुवालले भने, ‘ आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’

एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।

 

 


प्रतिकृया दिनुहोस्