Skip

Hamro Sanchar

विराटनगरमा हातखुट्टा बाँधिएको अर्धचेत अवस्थामा युवती फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ९ गते


विराटनगर । मर्निङ वाकमा निस्किएकी मोरङको जहदाकी २२ वर्षीया युवती बाँसघारीमा अर्धचेत अवस्थामा फेला परेकी छन् ।

हातखुट्टा बाँधिएको अवस्थामा फेला परेकी युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले आशङ्का गरेको छ ।

आज बिहान ‘मर्निङ वाक’मा निस्किएका बेला ती युवती सामूहिक बलात्कारमा परेको हुनसक्ने मोरङ प्रहरीले जनाएको छ । उनी दिउँसो बाँसघारीमा हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अवस्थामा अर्धचेत भेटिएकी थिइन्।

अहिले उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानले युवतीमाथि सामूहिक बलात्कार भएको देखिएको डीएसपी जोशीले बताए ।

उनले भने, ‘हामीले घटनाको अनुसन्धान शुरू गरेका छौं । घटनामा संलग्नको खोजी कार्यलाई तीव्र पारिएको छ ।


प्रतिकृया दिनुहोस्