Skip

Hamro Sanchar

सहकारी ठगी प्रकरण : चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ८ गते


काठमाडौं । काठाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी सो सहकारीका कोषाध्यक्ष हुन्।

प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

महर्जन २०७९ को स्थानीय चुनावमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।


प्रतिकृया दिनुहोस्