Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ८ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन्।

भुसाललाई आइतबार बेलुकी साढे ८ बजेतिर काठमाडौंको थलीबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। उनलाई सोमबार पोखरा लैजाने तयारी गरेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको भुसालले स्वीकार गरेका थिए।

प्रहरीको गेटभित्र सीसीटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको उनको भनाइ थियो।


प्रतिकृया दिनुहोस्