Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दक्षिण कोरियाली राष्ट्रपति निलम्बित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ३० गते


Advertisement

एजेन्सि । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल निलम्बनमा परेका छन्। संसदबाट महाअभियोग पारित भएसँगै युन राष्ट्रपति पदबाट निलम्बित भएका छन्। दक्षिण कोरियामा सैनिक शासन लगाउँदै ‘मार्सल ल’ लगाएको आरोपमा राष्ट्रपति युनलाई संसद्ले महाअभियोग लगाएको हो ।

युनले करिब दुई साताअघि सैनिक शासन घोषणा गरेलगत्तै संसद् सक्रिय भएर त्यो शासन खारेज गर्दै राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रक्रिया शुरु गरेको थियो ।

जस अनुसार पक्ष विपक्षमा संसद्को मत बाझिएर बहुमत पुग्न नसक्दा महाअभियोग संसद् पारित हुन सकेको थिएन । शनिबार संसद्ले फेरि दोस्रो पटक महाअभियोग प्रस्ताव पेस गरेकामा पक्षमा बहुमत परेकाले राष्ट्रपति युनमाथिको महाअभियोग पारित भएको हो ।

महाअभियोगको प्रस्तावमा सर्वसम्मत हुन नसके पनि पक्षमा २०४ मत परेपछि महाअभियोग पारित हुन पुग्यो । विपक्षमा ८५ मत परेको थियो भने आठ बदर र तीन अनुपस्थित मत थिए ।

उहाँको निलम्बनपछि प्रधानमन्त्री हान डक सो कार्यवाहक राष्ट्रपति बनेका छन् ।


प्रतिकृया दिनुहोस्