
काठमाडौँ, मंसिर २३- सोफा उत्पादक संघको अध्यक्षमा तारालाल धरेल चयन भएका छन् । संघको शनिबार सम्पन्न प्रथम साधरण सभा तथा अधिवेशनले सोफा हव काठमाडौंको सञ्चालकसमेत रहेका धरेललाई सर्वसम्मत चयन गरेको हो ।
देशभरका सोफा उत्पादक व्यवसायीहरुको छाता संघले धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा दिपेन्द्र धरेल र कोषाध्यक्षमा महेशराज थापा चयन भएका छन् । यस्तै सदस्यहरुमा ज्ञानेन्द्र धरेल, रेमन नेपाली, पार्वती अधिकारी, विष्णु देवकोटा पन्थ, सुमित्रा काप्री, सत्यम देवकोटा र मोहन दनै चयन भएका छन् ।
२०७९ सालमा स्थापना भएको संघमा चार दर्जनभन्दा बढी सोफा उत्पादक कम्पनी आवद्ध छन् ।
हाल काठमाडौँ उपत्यकाभित्र १०० र देशभर दुईसय भन्दा बढी सोफा कम्पनी रहेका छन् भने १० हजारभन्दा बढी व्यक्तिले प्रतक्ष्य रोजगारी पाएको संघले जनाएको छ ।


















