काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार नगरपालिकाको कार्यालय पुगेर मानन्धरले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउँदै मानन्धरेले एमाले र उम्मेदवारप्रतिको आशा व्यवहारमा परिणत गर्ने बताए । उनले भने, ‘यस पटक कीर्तिपुरमा एमाले र उम्मेदवारप्रतिको आशा व्यवहारमा परिणत गर्छौँ ।
एकता सहकार्यको इतिहास कायम गर्नेछौँ । कीर्तिपुरको समृद्धि र विकासका लागि काम गर्नेछौँ ।’उनले आफ्नो कार्यकालमा समृद्ध कीर्तिपुर बनाउने घोषणा समेत गरे ।
सो नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीको उम्मेदवारी परेको छ । उनीहरुले पनि आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।