Hamro Sanchar

फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुन्छु : दीपक मनाङे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २३ गते


Advertisement

पोखरा । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाएका हुन् ।

केही दिनअघि सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै उनी सम्पर्कविहीन भएको समाचार बाहिर आएको थियो ।

यद्यपि, उनले सर्वोच्चको फैसला आउँदाको दिनदेखि सञ्चारमाध्यामहरुबाट तारान्तार आइहेका कलहरुका कारण केही समयका लागि आफूले प्रयोग गर्दै आइरहेको मोबाइल बन्द गरेको स्वीकार गरेका छन् । उनले भनेका छन्: ‘यहि विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समभारहरु आइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ ।’

उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन् । उनले फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने समेत जनाएका छन् ।


प्रतिकृया दिनुहोस्