Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपाले तोक्यो सातै प्रदेशमा चुनावी कमाण्डरहरू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २२ गते


Advertisement

काठमाडौं । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातवटै प्रदेशमा चुनावी कमाण्डरहरू तोकेको छ।

केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन संयोजन समितिको बुधबार बसेको बैठकले सात प्रदेशमा उपनिर्वाचन परिचालनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको हो।

जसअनुसार सांसद निशा डाँगीलाई कोसी प्रदेशको जिम्मेवारी दिइएको छ।

मधेस प्रदेशमा डा.चन्दा कार्कीले उपनिर्वाचन परिचालनको जिम्मेवारी पाएकी छिन्। बागमतीमा शिशिर खनाल र गण्डकीमा विन्दवासिनी कांसकारलाई निर्वाचन परिचालनको जिम्मेवारी दिइएको छ।

त्यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठले त्यसको जिम्मेवारी पाएका छन्।

त्यस्तै, बैठकले प्रारम्भिक निर्वाचनको तालिका निर्धारण गरेको छ।

प्रारम्भिक निर्वाचनका लागि कात्तिक २२ देखि २५ गतेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने कात्तिक २८ गते मतदान र निर्णय हुने सांसद पराजुलीले बताएका छन् ।


प्रतिकृया दिनुहोस्