Hamro Sanchar

थाई एसियाको भैरहवा–बैङ्कक उडान आजदेखि सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १८ गते


Advertisement

रुपन्देही । थाई एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आइतबार आजदेखि सुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाई एयर एसियाको एअर बस ए तिन ३२० अवतरण गरेको हो ।

प्राधिकरण भैरहवा कार्यालयका निमित्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यका अनुसार पहिलो उडानमा विमानका चालक दलका ७ सदस्यहरू मात्रै आएका थिए ।

उनले यो तालिका अनुसारकै फ्लाइट भएको बताए । अर्को उडान अब कार्तिक २३ गते शुक्रवार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने विमानस्थलले जनाएको छ ।

२३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहीबारदेखि हप्ताको दुई दिन सोमबार र बिहीबार दिउँसो सवा १२ बजे आउने निमित्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिए ।

थाई एअर एसियाको केही दिनअघि मात्रै भैरहवा तथा काठमाडौं उडान सुरु गर्ने अनुमति पाए लगत्तै उडान सुरु भएको हो ।

भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडा दर १२ हजार रुपैयाँ रहेको जनाइएको छ । एअर एसियाको यो विमान बिहान ७ बजेर ४० मिनेट जाँदा बैंकक प्रस्थान गरेको छ ।


प्रतिकृया दिनुहोस्