Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दोस्रो अभ्यास खेलमा नेपालको जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २० गते


Advertisement

काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी)लाई शनिबार राति २० रनले हराएको हो । योसँगै तीन खेलको श्रृंखलामा नेपालले १–१ को बराबरी गरेको छ ।

१७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भएको थियो । ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाउँदा मुनिर अहमद काका ३६ रन तथा अली नदिमले २० रन बनाए । त्यस्तै युवराज शर्माले २३ रन बनाउँदा निकोलस मनोहरले १९ रन बनाए ।

नेपालका लागि गुल्सन झा र ललित राजवंशीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४६।१ ओभरमा १७६ रन बनाएको थियो । नेपालको कप्तानी गरेका सोमपाल कामीले ३३ बलमा दुई चौकासहित सर्वाधिक ३१ रन बनाए । उनीबाहेक अर्जुन साउद ७, अनिलकुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भए ।

एचपीका निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई, इफरान सादतले २–२ विकेट लिए । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।


प्रतिकृया दिनुहोस्