आज : २०८१ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चणिकलाल तामाङलाई एसएस फाउन्डेसनले गर्यो नगदसहित सम्मान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १७ गते


Advertisement

काठमाडौँ, असोज १७- शनिबार नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने सिन्धुपाल्चोकका चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै एसएस फाउन्डेसनले नगदसहित सम्मान गरेको छ ।

बिहिबार नागरिक समाज काठमाडौं क्षेत्र नम्बर १ ले गरेको वडा दशैं, शुभदिपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा एसएस फाउन्डेसनले नगद ५१ हजारसहित सम्मान सम्मान गरेको हो ।

कार्यक्रममा साहित्यिक पत्रकार संघले पनि सम्मान गरेको थियो ।

बानेश्वरमा भएको उक्त सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठ, फाउन्डेसनका संरक्षक तथा उप्रेती सेवा समाजका अध्यक्ष शोभित उप्रेती, नागरिक समाज एवं राप्रपा १ नम्बर क्षेत्र प्रदेश “ख” का अध्यक्ष भिमसेन पुरिलगायतले चणिकलाललाई नगदसहित सम्मानपत्रले सम्मान गरेका हुन् ।

उक्त कार्यक्रममा खोलाले बगाएर उद्धार गरिएकाहरुलाई आफ्नो गाडीमा राखेर अस्पतालसम्म पुर्याउन सहयोग गर्ने पुर्व डिआइजी अशोक सिंहलाई पनि सम्मान गरेको थियो ।

चणिकलालले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनाको उद्धार गरेका थिए ।

चणिकलालले एक सामान्य नागरिकका रुपमा गरेको सम्मानप्रति खुसी प्रकट गर्दै आफुले पाएको राशि आफूले बाढी पहिरो पिडितलाई नै दिने बताए ।


प्रतिकृया दिनुहोस्