Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चीन भ्रमणबाट स्वदेश फर्कियो रास्वपा टोली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १० गते


Advertisement

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी०)को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू नेपाल फर्किएका छन्।

सीपीसीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली भ्रमण छोट्याएर आज नेपाल फर्किएका हुन्।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि गत शनिबार मध्यरातमा चीनका लागि उडेको थियो।

उनीहरू औपचारिक कार्यक्रम सकेर आगामी असोज १४ गते मात्रै नेपाल फर्कने कार्यक्रम तय भएको थियो।

यद्यपि देशमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर आफूहरू भ्रमण छोट्याएर नेपाल फर्किएको उपसभापति वाग्लेले बताए।

निर्धारित तीन एजेन्डामध्ये २ वटा पूरा गरेर फर्किएको वाग्लेले बताए।

‘चिनियाँ कम्युनिस्ट पार्टीले जुन उच्च सम्मान दिएको छ, यो प्रतिनिधिमण्डललाई यसले स्वागत गर्यो, यसले सिंगै राष्ट्रको शिर ठाडो भएको छ,’ वाग्लेले विमानस्थलमा भने।

सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशीलाई पक्राउ परेपछि उत्पन्न राजनीतिक तरंगकाबीच उनीहरू स्वदेश फर्किएका हुन् ।


प्रतिकृया दिनुहोस्