Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

घरायसी विवादमा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ५ गते


Advertisement

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ का एक पुरुषले आफ्नी पत्नीको हत्या गरेका छन्। श्रीमतीको हत्या अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
र
सामान्य घरायसी विवादमा मंगलबार साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

घरायसी विवादमा अधिकारीले धारिलो हतियार प्रहार गर्दा उनकि श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अभियुक्तलाई घटनालगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्