काठमाडौँ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक बालुवाटारमा नराख्ने बताएका हुन् ।
उनले लेखेका छन्– सामाजिक सञ्जाल मार्फत तपाईँहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।
उनले थप लेखेका छन् – आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।