Skip

Hamro Sanchar

पहिरोमा पुरिएका तीन जनाको जीवितै उद्धार, एक जना मृत भेटिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २६ गते


रूकुम, असार २५- रूकुममा पहिरोले पुरिएका ३ जनाको जीवितै उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको छ ।

रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाका कारण २४ असारमा पहिरोमा परी घाइते भएका ३ जनाको शसस्त्र प्रहरीले उद्धार गरेको हो ।

सोही ठाउँको सल्ली बिसैनी घर भई दल्ली गैरा गोठमा सुतिरहेको अवस्थामा पहिरो जाँदा ४० वर्षीय कर्ण बहादुर बुढा, ३८ वर्षीया गम्मा बुढा र ९ वर्षीया तिलसरा बुढा गम्भीर घाईते भएका छन् । यस्तै ७ वर्षीय संगम बुढा मृत अवस्थामा भेटिएका छन् ।


प्रतिकृया दिनुहोस्