दाङ, जेठ २६- दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीनजना गम्भीर छन् ।
तुलसीपुरबाट सल्यान जाँदै गरेको रा.१ख २०३७ नम्बरको बसले तुलसीपुर ७, शान्तिपार्क चोकमा रा.१ह २२०७ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा रहेका पाँच यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
दुर्घटनामा अटो चालक तुलसीपुर उपमहानगरपालिका- ५ का २९ वर्षीय अंकित गुप्ता घाइते छन् । अन्य घाइतेहरूमा सल्यानको कुमाख गाउँपालिका-५ कि २६ वर्षीय रिता बोहरा र उनकी ६ वर्षीय छोरा केशब बोहरा, १८ वर्षीया कमला बुढाथोकी र १६ वर्षीय छबिलाल बुढाथोकी छन् ।
प्रहरी निरीक्षक थापाका अनुसार घाइतेहरुलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।






























