Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दुर्गा प्रसाईंको बिएण्डसी कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २४ गते


Advertisement

काठमाडौं, जेठ २४- सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ । ०८० चैत १२ मा भएको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासले यसै शैक्षिक शत्रदेखि एमबीबीएसको विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने गरी सम्बन्धन दिन भनेको हो ।

“राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ७ को उपनियम (१), (३) र (४) निवेदकका हकमा आकर्षित नहुने हुँदा निवेदक कलेजलाई १५ (पन्ध्र) दिनभित्र यसै शैक्षिक शत्रदेखि एमबीबीएसको विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने गरी सम्बन्धन प्रदान गर्नू गराउनू भनी प्रत्यर्थीहरू काठमाडौं विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोग समेतका प्रत्यर्थीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ,” फैसलामा भनिएको छ ।


प्रतिकृया दिनुहोस्