Hamro Sanchar

मधेस प्रदेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २२ गते


Advertisement

जनकपुर, जेठ २२- मधेस प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ । आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै एकीकृत समाजवादीले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन पनि फिर्ता लिएको हो ।

एकीकृत समाजवादीबाट मन्त्री बनेका संसदीय दलका नेतासमेत रहेका गोविन्द न्यौपाने र राज्यमन्त्रीले मुख्यमन्त्री यादवलाई मंगलबार राजीनामा बुझाएका हुन् ।

सरकारमा रहने कि नरहने विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल दोधारमा थिए । मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने कार्यक्रम छ। त्यसको अघिल्लो दिन नै एकीकृत समाजवादीले समर्थन फिर्ता लिएको हो ।


प्रतिकृया दिनुहोस्