Skip

Hamro Sanchar

खोलामा आएको बाढीले जीप बगाउँदा २ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २२ गते


काठमाडौं, जेठ २२- रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बाढीले जीपमा सवार इलामको माङ्सेबुङ गाउँपालिका-५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र माङ्सेबुङ-३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको मृत्यु भएको हो । निरु लिम्बु घाइते छिन् । उनको उपचार भइरहेको छ ।

लु१च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए ।

प्रहरीले सवारी चालक २२ वर्षीय नेत्रहाङ लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका-५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको थियो ।


प्रतिकृया दिनुहोस्