Skip

Hamro Sanchar

सहकारीमा अर्बौं बचत ठगीका आरोपी सिबी लामा पक्राउ, काठमाडौं ल्याउँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १८ गते


काठमाडौं, जेठ १८- सहकारीको बचत ठगी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । सहकारीको बचत रकम ८ अर्ब ठगी गरेको आरोपमा प्रहरीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा (सिबी) लाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई भारतीय सीमा क्षेत्रबाट आज (शुक्रबार) बिहान पक्राउ गरेको थियो । ‘हाल लामालाई काठमाडौं ल्याउँदैछौं,’ एसएसपी सानुराम भट्टराईले भने ।


प्रतिकृया दिनुहोस्