काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको भन्दै कांग्रेसले आभार, सम्मान र बधाई ज्ञापन गरेको छ । सभापति गगन थापाले एक विज्ञप्तिमार्फत् भनेका छन्– निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग...
काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए । यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उनले बताए । निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता...
काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा बिहीबार स्थानीयको एक मत पनि नखसी मतदान सकिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि भएको मतदानमा सो क्षेत्रका स्थानीयले बहिष्कार गरेका हुन् । स्थानीयहरूले निर्वाचन बहिष्कार गरेका कारण अस्थायी मतदाता अर्थात् निर्वाचनमा खटिएका कर्मचारीहरूले मात्रै मतदान गरेर मतपेटिका सिलबन्दी गरेका हुन् ।...