Skip

Hamro Sanchar

शिलान्यास भएको २५ वर्षमा पनि बाजुराको मार्तडी-कोल्टी सडक निर्माण सकिएन

रासस प्रकाशित : २०८१ बैशाख, २१ गते


बाजुरा, बैशाख २१- बाजुराको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी अनुमति दिएको छ ।

हिजो बडीमालिका र बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधिको संयुक्त बैठकले बस सेवा सञ्चालन गर्न अनुमति माग गरेको थियो । प्रमुख जिल्ला अधिकारीसहितको सर्वपक्षीय बैठकले चार वटा पालिकाका नागरिकलाई आवतजावत गर्न सहज हुने गरी बस सेवा नियमित रूपमा सञ्चालन गर्ने अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले जानकारी दिए ।

मार्तडी–कोल्टी सडक खण्ड निर्माण नभइसकेकाले तत्काल बस सेवा सञ्चालन गर्न कठिन हुने बस व्यवसायी रामचन्द्र गिरीले बताउनुभयो । मार्तडी–कोल्टी सडक शिलान्यास भएको २५ वर्ष बितिसक्दा पनि त्यो अझै पूरा भएको छैन ।

बैठकले मार्तडी–कोल्टी सडक खण्डमा यातायात व्यवासयीसँग रात्रिबसको हकमा आठ वर्ष ननाघेका तथा दिवाबसको हकमा १० वर्ष ननाघेका कम्तीमा पाँच वटा बस हुनुपर्ने निर्णय पनि गरेको छ ।


प्रतिकृया दिनुहोस्