Hamro Sanchar

‘सिधाकुरा’का प्रकाशक कँडेललाई बयानका लागि बोलाउने सर्वोच्चको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १७ गते


Advertisement

काठमाडौं, बैशाख १७- सर्वोच्च अदालतले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउने आदेश दिएको छ । स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर समाचार प्रकाशन/प्रसारण गरेको भन्दै न्यायाधीशद्वय नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश दिएको हो ।

स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर समाचार प्रकाशन/प्रसारण गरेको भन्दै त्यसविरुद्ध सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेलविरुद्ध प्रतिवेदन निवेदनमार्फत अवहेलना मुद्दा दर्ता गरेको थियो । मुद्दामा हदैसम्मको सजायको माग गरिएको छ ।

जानाजान झुटा समाचार उत्पादन तथा प्रसारण गर्नेहरूविरुद्ध अदालतको अवहेलनामा हदैसम्मको कारबाही गर्न र अन्य फौजदारी कसुरमा समेत अनुसन्धान गराउन आदेश जारी हुनुपर्ने माग गरिएको छ ।


प्रतिकृया दिनुहोस्