काठमाडौं, वैशाख १६- इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन् ।
अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ ।
अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ ।
कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ४३ मत ल्याएका छन् ।
एमाले उम्मेदवार नेम्वाङले एक हजार छ सय ३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
यसरी हेर्दा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।
तेस्रो स्थानमा रहेका डकेन्द्रसिंह थेगिमले चार सय ३७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले तीन सय ५ मत प्राप्त गरेका छन् ।
अहिले फाकफोकथुम गाउँपालिकाकै वडा नम्बर ४ मा खसेको मत गणना भइरहेको छ ।