Hamro Sanchar

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १७ गते


Advertisement

काठमाडौं, चैत १७- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बैठक बसेको छ ।

तीन प्रमुख दलका शीर्ष नेताबीच अहिले छलफल चलिरहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित टिआरसी विधेयक अघि बढाउने विषय छलफल हुने उनले बताए ।

त्यस्तै संसदको अवरोध खोल्ने लगायत अन्य विषयमा पनि तीन शीर्ष नेताबीच छलफल हुने आचार्यले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्