Skip

Hamro Sanchar

शौचालय गएकी बालिकाको निर्मम हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २२ गते


विराटनगर, फागुन २२- मोरङको पथरीशनिश्चरेमा शौचालय गएकी एक जना बालिकाको सोमबार राति निर्मम तरिकाले हत्या भएको छ । प्रहरीकाका अनुसार खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको हो ।

पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ ।

ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन् । बुवा दानबहादुर राईको निधन भैसकेपछि २ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेकी थिइन् ।

प्रहरीकाअनुसार सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०:३० बजेतिर अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरेर बालिकाको विभत्स तरिकाले हत्या गरेको पाइएको छ ।

हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्