
चितवन, माघ १७- नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्व बागमती प्रदेशका मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
पोखराबाट कावासोतीतिर जाँदै गरेको जन्तीको बसले आज दिउँसो गैंडाकोटको कालीगण्डकी चोकमा ठक्कर दिँदा पूर्वमन्त्री पौडेलको मृत्यु भएको हो । सख्त घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
प्रहरीका अनुसार गैँडाकोटको कालीगण्डकी चोकमा उनी सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ग १ ख ८५४७ नम्बरको जन्ती बसले ठक्कर दिएको थियो । भरतपुर महानगरपालिका–१७ शारदानगरका ६३ वर्षीय पौडेल बिगतमा बागमती प्रदेशको सहकारी तथा भूमिसुधार मन्त्री भएका थिए ।














