Hamro Sanchar

शेयर बजार नेप्से आज सामान्य अंकले बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १५ गते


Advertisement

काठमाडौं, साउन १५-शेयर बजार नेप्से परिसुचक आज सामान्य अंकले बढेको छ ।

साताको दोस्रो दिन नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा कायम भएको हो । आज बजारमा ५५ लाख ३१ हजार ७३७ कित्ताको खरिदबिक्री हुदा १ अर्ब ८५ करोड ८० लाख २ हजार १ भने, आज कारोबार रकम ह्वातै घटेको छ ।

सोमबार सनराईज ब्लूचीप फण्ड, बालेफी हाइड्रोपावर र एनआइसी एसीया फिलेक्सि क्याप फण्डले सर्वाधिक नाफा कमाएको छ । वेस्ट नेपाल लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई बैंक लिमिटेड डेबेन्चर-२०८६ र एसीयन आइड्रोपावर लिमिटेडले सर्वाधिक गुमाएका छन् ।


प्रतिकृया दिनुहोस्