Hamro Sanchar

सुन तस्करी प्रकरण: भन्सार अधिकृतसहित थप ६ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ७ गते


Advertisement

काठमाडौं, साउन ७-झन्डै सय किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृतसहित ६ जनालाई पक्राउ गरेको हो ।

विभागले भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको छ। भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रूकमिना सुब्बालाई पनि विभागले पक्रेको छ । पक्राउ परेका चन्द, ढकाल र श्रेष्ठ निलम्बनमा परिसकेका छन् ।

भन्सार पास भएर छुटेको झन्डै सय किलो सुन रहेका बाइको ब्रेकसु मंगलबार विभागले बरामद गरेको थियो । हालसम्म यो प्रकरणमा एक जना चिनियाँ एक जना र भारतीय नागरिक पक्राउ परिसकेका छन् । यद्यपि सुनको आधिकारिक तौल भने सार्वजनिक गरिएको छैन । विभागले बरामद गरेको सुनलाई नेपाल राष्ट्र बैंक टक्सार विभागमा पठाएको छ ।

प्रतिकृया दिनुहोस्