Hamro Sanchar

मौद्रिक नीति आएसंगै ६३ अंकले बढ्यो नेप्से

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ७ गते


Advertisement

काठमाडौं, साउन ७- मौद्रिक नीतिले शेयर बजारमा उत्साह देखिएको छ ।

आइतवार दिउँसो १ बजेसम्म सामान्य अंकले बढेको नेप्से मौद्रिक नीति सार्वजनिक भएपछि ६३.२५ अंकले बढेर २२२७.१६ बिन्दुमा कायम भएको छ । कारोबार रकम पनि ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ पुगेको छ । दिउँसो करीब १ बजे राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

शेयर बजारसम्बन्धी अधिकांश व्यवस्था यथावत रहे पनि शेयर कर्जाको जोखिम भार घटाउने घोषणा राष्ट्र बैंकले गरेको छ । उक्त घोषणाका कारण शेयर धितो राखेर कर्जा लिन केही सहज हुनेछ ।


प्रतिकृया दिनुहोस्